跳到主要內容

सामुदायिक संलग्नता प्रसारण सेवा (CIBS) वेबसाइटको नेपाली संस्करणमा चयन गरिएको जानकारी मात्र समावेश छ। तपाईले हाम्रो वेबसाइटको सबै विषय-सामग्रीहरू अंग्रेजीमा, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ हेर्न सक्नुहुन्छ ।

CIBS बारे

RTHK रेडियो एयरटाइमको एक समर्पित अंश हो जसले समुदाय, गैर-सरकारी संस्था र विपन्न वर्गहरुलाई सामुदायिक संलग्नता प्रसारण सेवा (CIBS) को प्रावधान मार्फत प्रसारणमा भाग लिन एक प्लेटफर्म प्रदान गर्दछ ।

CIBS अन्तर्गत, योग्य व्यक्तिहरु र संस्थाहरु, विविध जाती लगायतले RTHK मा प्रसारण हुने रेडियो कार्यक्रमहरु उत्पादन गर्न आवेदन दिन सक्छन् । RTHK ले सफल आवेदकहरुलाई CIBS अन्तर्गत कार्यक्रमहरु उत्पादन गर्न कोषको सहयोग प्रदान गर्दछ ।

CIBS ले हालमा प्रति हप्ता 17 घण्टाको नयाँ कार्यक्रमहरु प्रसारण गर्दछ । ती मध्ये, विशेष गरी अल्पसंख्यक जातीयको विषयवस्तुमा 5 घण्टा भन्दा कमको छैन। हालसम्म, प्रसारण भएका कार्यक्रमहरू क्यान्टोनिज, पुटोङ्गवा, अंग्रेजी, अफ्रिकी, अरबी, हक्का, हिन्दी, जापानी, कर्नाटक, कोरियाली, नेपाली, पञ्जाबी, संस्कृत, स्पेनिश, तागालोग, तमिल, तेलुगु, थाई र उर्दू भाषामा छन् ।

एक प्रसारक बन्नुहोस्

सफल आवेदकहरूले RTHK मा प्रसारण हुने रेडियो कार्यक्रमहरू उत्पादन गर्नेछन् । प्रत्येक रेडियो कार्यक्रममा 13 श्रृङ्खलाहरु हुन्छन् । प्रत्येक श्रृङ्खलाको अवधि या त एक घण्टा वा आधा घण्टाको हुनेछ ।

प्रत्येक वर्ष आवेदन दिने समय दुई पटक हुन्छ । विवरणहरूको लागि कृपया CIBS वेबसाइट cibs.rthk.hk मा नवीनतम घोषणाहरू हेर्नुहोस् ।

योग्यता मापदण्ड

  • संस्थाहरू, लगायत -
    • कम्पनी अध्यादेश (क्याप.32) वा (क्याप. 622) अन्तर्गत दर्ता भएका संस्थाहरू;
    • कम्पनी अध्यादेश (क्याप.151) अन्तर्गत दर्ता भएका संस्थाहरू;
    • आन्तरिक राजस्व अध्यादेश (क्याप.112) को दफा 88 अन्तर्गत परोपकारी संस्थाहरूलाई कर छुट दिइएको छ; र
    • माथिका संगठनका शाखाहरुका सदस्यहरू ।
  • आवेदनको समयमा व्यक्तिहरू 18 वर्ष वा सोभन्दा माथि उमेरको हङकङ निवासी हुनुपर्छ ।

आवेदन फारम
तपाईले निम्न तयार गर्नुपर्छ:

  1. संगठनको दर्ता प्रमाणपत्र (संगठनमा लागू हुने)
  2. कार्यक्रमको सारांश
  3. 13 श्रृङ्खलाहरुको विवरणहरु
  4. 3 मिनेट भन्दा मुनिको मौखिक प्रस्तुति फाइल
  5. उत्पादन कर्मचारी सूची
  6. उत्पादन बजेट

आवेदन प्रक्रिया

  1. CIBS वेबसाइटमा एकाउण्टको लागि दर्ता गर्नुहोस्, आवेदन फारम भर्नुहोस् र अन्तिम मिति भन्दा अगाडि पेश गर्नुहोस् ।
  2. सचिवालयले आवेदनहरूको वैधता जाँच गर्नेछ ।
  3. पहिलो चरणको छनोट:
    पहिलो चरणको छनोटमा प्रत्येक आवेदनले प्राप्त गरेको अङ्कमा सार्वजनिक मतदान (25% जिम्मेवार) र मूल्याङ्कनकर्ता (75% जिम्मेवार) बाट प्राप्त गरेको अङ्क जोडिनेछ । छनोट समिति (द सेलेक्सन कमीटी) ले अन्तर्वार्ताका लागि छनोट भएकाहरुको सूचि तय गर्नेछ ।
  4. दोस्रो चरणको छनोट:
    छनोट समितिले अन्तर्वार्ता सूचीमा रहेका आवेदकहरूको अन्तर्वार्ता लिनेछ ।
  5. आवेदन परिणाम इमेल मार्फत आवेदकहरूलाई पठाइनेछ र CIBS वेबसाइटमा घोषणा गरिनेछ ।
  6. सफल आवेदकहरूलाई सहजीकरण वार्ता(छलफल) र RTHK सँग सम्झौतामा हस्ताक्षर गर्न उपस्थित हुन आवश्यक हुन्छ ।

विवरणहरूको लागि कृपया CIBS ह्यान्डबुकमा हेर्नुहोस् ।